१३ बैशाख २०८१, बिहिबार

काठमाडौं होली खेल्दा एसिड छ्यापियो, ३ जना बालबालिका घाइते


एसिड प्रहार

काठमाडौं । होली खेल्ने क्रममा काठमाडौंको साँखुस्थित शंखरापुर नगरपालिका-१ चापागाउँमा एसिड छ्याप्दा ३ जना बालबालिका घाइते भएका छन् । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जना बालबालिका भएका हुन् ।

घाइते हुनेमा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ रहेको महानगरीय प्रहरी कार्यालय बौद्धले जनाएको छ । उनीहरूको हात र अनुहार जलेको छ ।

एसिड छ्याप्ने १७ वर्षीय पवन पहारी र १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेको प्रहरीले जनाएको छ । एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

स्कुल कम्पाउण्डभित्र केशव नेपालले सञ्चालन गरेको क्यान्टिनको दूध डेरीमा राखिएको एसिड प्रहार भएको प्रहरी प्रभाग साँखुले बताएको छ । घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भएर घाइते १ जना घर फर्किसकेको प्रहरीले जनाएको छ ।

शंखरापुर–१ स्थित नवीन ग्राममा डेरी सञ्चालनका लागि उक्त एसिड प्रयोग भएको पाइएको हों। डेरीमा एसिड चाहिने भएकाले राखिएको तर त्यसको असुरक्षित तरिकाले राख्दा दुर्घटना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !