८ बैशाख २०८१, शनिबार

सरकारले किन दियो चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति ?

चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


चिनियाँ खोप ‘भेरो सेल’

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो ।

विभागले हिजो बुधबार सूचना जारी गर्दै चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको हो । चीनले यसअघि नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताइसकेको छ ।

यसअघि विभागले भारतको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो जस अनुसार अहिले खोप अभियान सञ्चालनमा छ ।

चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !