११ बैशाख २०८१, मंगलबार

भागरथीका आफन्तले किन शव बुझ्न अझै गरे अस्वीकार ?


भागरथी भट्ट

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गर्ने दिनेश भट्टलाई आज बुधबार प्रहरीले सार्वजनिक गरेको छ । आज बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

दिनेशलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ तर पनि भागरथीका आफन्तले शव बुझ्न अझै अस्वीकार गरेका छन् । यसअघि भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने अडान लिएका मृतकको परिवारले प्रहरीले अभियुक्त सार्वजनिक गर्दा समेत शव बुझ्न अस्वीकार गरेका हुन् ।

मृतक भट्टका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफूहरु उनले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझिएको बताएका छन् । प्रहरीले बुधबार दिउँसो भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोगडाकेदार गाउँपालिकाकै प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा दिनेश भट्ट अध्ययरत हुन् भने भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् ।

दिनेशले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर भागरथीको हत्या गरेको बयान दिएका छन् । भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् ।

भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ । दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको उनले बताएका छन् ।

भागरथीको हत्या गर्ने पूर्व योजनाअनुसार माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्लेगडा भन्ने स्थानबाट मृतक भन्दा अगाडी गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाटी थिचेर हत्या गरेको बयान दिएको डीआईजी सुवेदीले बताए ।

यो पनि पढ्नुहोस्

दिनेश भट्टले भागरथी भट्टको किन गरे हत्या ?

भागरथी हत्या प्रकरणका अभियुक्त दिनेशलाई ५ दिन हिरासतमा राख्न अनुमति

भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !