७ बैशाख २०८१, शुक्रबार

चितवनमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन, असोज २१ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका-१ बस्ने वर्ष ९२ का पुरुषको आज दिउसो २.१३ बजे कोरोना संक्रमणवाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक २० गते बेलुका ७ बजे उक्त अस्पतालको कोभिड आईसोलेसनमा भर्ना हभएका थिए । खोकी र श्वाशप्रश्वाशमा समस्या भएको र लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको थियो । उनमा २ दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कर्मीकाे अथक प्रयासका बाबजुद उपचार गर्दा गर्दै मृत्यु हुन पुगेकाेमा सम्पूर्ण अस्पताल परिवार गहिराे दु:ख व्यक्त गर्दै मृत आत्माकाे चीर शान्तिकाे कामना एवं‌ श्रद्धाञ्जली सहित शाेकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !