लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि किन स्थगित गरियो ? Nepalpatra लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि किन स्थगित गरियो ?
१० माघ २०७७, शनिबार

लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि किन स्थगित गरियो ?


लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा

काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गत चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।

आज सोमबार एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले स्थगित गरिएको हो ।

कार्यालद्धारा जारी सूचनामा भनिएको छ, ‘आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ ।’

लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि किन स्थगित गरियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !