७ बैशाख २०८१, शुक्रबार

अरनिको राजमार्गको स्तर सुधार


अरनिको राजमार्ग

सिन्धुपाल्चोक, २६असोज । अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडकम तिहारअघि नै कालोपत्रे गरिने भएको छ । बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसगैँ रू १० करोडको लागतमा अस्फाल्ट सामाग्री प्रयोगगरी कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रबिधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटनासमेत यस राजमार्गले व्यवहोर्दै आएको थियो । अस्फाल्ट प्रबिधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिनुभयो । सोही राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भबिद्हरूको अध्ययनप्रतिवेदन पछि मात्र उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरूको सुझाव छ । कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि बर्षाअघि बनाइएका संरचना बर्षापछि त्यसको कुनै निसान नै नरहने समस्या छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !