७ बैशाख २०८१, शुक्रबार

भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडान बन्द गर्ने सरकारको निर्णय


मन्त्रिपरिषद्

काठमाडौं, साउन २६ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौ गतेदेखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाई १५ दिन नखोल्ने निर्णय गरेको हो ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा आन्तरिक हवाई उडान र विद्यालय भर्ना भदौ १ गतेदेखि निर्णय गरेको थियो । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !