७ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान


नेपाल प्रहरीमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, असार २३ । तालुक प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयको च.नं. ६२९० मिति २०७७।०३।१५ गतेको पत्रानुसार सिफारिस भई नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मिति २०७७।०३।२३ गतेको निर्णयले प्रावधिक समूह (ईन्जिनियरिङ्ग उप-समूह संचार) तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव उपरीक्षक सत्यनरायण जयसवाललाई आज बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दर्ज्यानी चिन्हद्धारा शुसोभन गर्नु भएको छ ।

उक्त दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !