१३ बैशाख २०८१, बिहिबार

उजुरी आएमा मन्त्री र सचिवलाई पनि समात्छौं : अख्तियार प्रमुख आयुक्त घिमिरे


नवीन कुमार घिमिरे

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले घुस मागेको उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले नछोड्ने बताएका छन् । आज आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले नसमात्ने भन्ने कुरा नहुने बताएका छन् ।

अख्तियारको वार्षिक प्रतिवदेन माथिको छलफलमा सांसदहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको, ठूला माछालाई छोड्ने गरेको भन्दै प्रश्न गरेपछि आयोगमा उजुरी परे कसैलाई छोड्ने कसैलाई समात्ने भन्ने नहुने बताए ।अहिलेसम्म मन्त्री र सचिवमाथि उजुरी नपरेको उनले बताएका छन् ।

उनले निर्वाचन महंगो भएका कारण पनि भ्रष्टाचार बढिरहेको बताएक छन् । एउटा वडाध्यक्ष हुन २५ देखि ३० लाख खर्च गर्ने, सांसद जित्नका लागि १ करोड मागेर खर्च गर्नुपर्ने अवस्था रहेको पनि बताए । निर्वाचन प्रणाली खर्चिलो भएकोले त्यो पैसा उठाउनका लागि पनि भ्रष्टाचार बढिरहेको उनको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु