७ बैशाख २०८१, शुक्रबार

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन


दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० असार । दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुप¥यो, कि कोरिया जान दिनुप¥यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !