८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा पुन: १० दिन थपियो निषेधाज्ञा


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याएको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । १० दिन थप गरिएको निषेधाज्ञा भोलि साउन ११ गतेवाट साउन २० गतेसम्म लागू हुनेछ ।

यद्यपि थप गरिएको निषेधाज्ञामा पनि सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब, स्वीमिङ पुल, मनोरन्जन स्थल, संग्रहालय, रंगशाला सञ्चालन भने गर्न र गराउन पाइने छैन ।

यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिने लगायतका निर्णय भएका छन् ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।

यस्तो छ हेर्नुहोस् निषेधाज्ञाको आदेश

काठमाडौं उपत्यकामा पुन: १० दिन थपियो निषेधाज्ञा काठमाडौं उपत्यकामा पुन: १० दिन थपियो निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !