१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप


काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । योसंगै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय १ घण्टा थप गरेको छ ।

असार ३१ गतेसम्म सबैथरी व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने स्रोतले बतायो । म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ ।

विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् । स्रोतका अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषद्मा पठाएको जानकारी आएको स्रोतले बताएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !