८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने, यी क्षेत्र खुल्ला गर्ने तयारी


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा थपबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

स्रोतका अनुसार थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो ।

श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !