काठमाडौं उपत्यकामा दुई देखि तीन सातासम्म लकडाउन हुनसक्ने Nepalpatra काठमाडौं उपत्यकामा दुई देखि तीन सातासम्म लकडाउन हुनसक्ने
१९ मंसिर २०७७, शुक्रबार

काठमाडौं उपत्यकामा दुई देखि तीन सातासम्म लकडाउन हुनसक्ने


लकडाउन

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसंगै फेरि लकडाउन हुनसक्ने भएको छ । काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ ।

मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो सुझाव दिएका हुन् । मेयर्स फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्रयाक्ट ट्रेसिङ्ग समेत गर्न समेत सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !