लोक सेवा आयोगद्वारा कात्तिक १६ देखि हुने सबै परीक्षा स्थगित Nepalpatra लोक सेवा आयोगद्वारा कात्तिक १६ देखि हुने सबै परीक्षा स्थगित
१ कार्तिक २०७८, सोमबार

लोक सेवा आयोगद्वारा कात्तिक १६ देखि हुने सबै परीक्षा स्थगित


लोक सेवा आयोग

काठमाडौँ, कार्तिक ३ । लोक सेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश अनि आयोगभित्रै संक्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो । परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भएक छन् ।

परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगद्वारा सोमबार जारी सूचनामा उल्लेख छ । परीक्षा स्थगित भएपछि हालै गरिएको विज्ञापनको कार्यक्रम पनि प्रभावित हुने भएको छ ।

यस्तो छ लोक सेवा आयोगले निकालेको प्रेस विज्ञप्ति

लोक सेवा आयोगद्वारा कात्तिक १६ देखि हुने सबै परीक्षा स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !