८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय : आजदेखि यातायातमा जोरविजोर लागू


काठमाडौं उपत्यका

काठमाडौँ, भदौ २५। काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै आजदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको हो । स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दा बढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।

भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो । यद्यपि, निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरिएको छ । यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिनेछ ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !