१२ बैशाख २०८१, बुधबार

विराटनगरमा एक साता लम्व्याइयो निषेधाज्ञा : १२ बजेसम्म बजार खुल्ने


विराटनगर

विराटनगर, भदौ १० । समुदाय स्तरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको मोरङको विराटनगरमा स्थानीय प्रशासनले एक साता निषेधाज्ञा लम्व्याउने गर्ने निर्णय गरेकाे छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबार रातिबाट लागु हुनेगरी जिल्लाभर एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।

निषेधाज्ञा थप भएपनि खुकुलाे पारिएकाे माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाले जानकारी दिएका छन् । भोलि बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार खुल्नेछन् । त्यसपछि भने बन्द गर्ने निर्णय भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको थप एकसाता जिल्ला भरी निषेधाज्ञा जारी गर्ने तर खुकुलो बनाउने निर्णय गरेकाे हो ।

साथै तत्काल यातायात नखोल्ने निर्णय भएको छ । निषेधाज्ञा अवधी भरी विराटनगरकाे गुद्री बजार र साप्ताहिक हाट बजार भने बन्द रहनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !