८ बैशाख २०८१, शनिबार

आजदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक


काठमाडौं, साउन २२ । नेपाल सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको हो तर अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।

यस्तो छ गृह मन्त्रालयले निकालेको प्रेस बिज्ञप्ति

यस्तो छ गृह मन्त्रालयले निकालेको बिज्ञप्ति

यो पनि पढ्नुहोस्

आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !