४ बैशाख २०८१, मंगलबार

कागती पानी खानुका फाइदाहरु


कागती पानी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कागती पानी खानुका फाइदाहरु । कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं । आजको लेखमा यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं ।

आज पानीको सेवन कम गर्नाले थुप्रै रोगहरू हामीले पाएका छौ । कागतीसंग पानी मिलाएर सेवन गर्दा यसका थुप्रै फाइदा हामीले उठाउन सक्नेछौं । कागती अमेलो प्रजातीको फल हुनाले र जिब्रोले समेत अमिलो बढी खोज्ने हुनाले यसबाट बढी फाइदा उठाउन सक्छौं ।

दैनिक रुपमा एक गिलास तातो पानीमा कागती मिसाएर खाँदा हाम्रो शरीरलाई निकै ठुलो फाइदा पुर्याउने गर्दछ । दैनिक एक गिलाँस तातो पानीमा आधा कागती निचरेर खाँदा हुने फाइदाको बारेमा तपाईले कल्पना पनि गर्नु भएको छैन होला ।

यस्ता छन् कागती पानी सेवन गर्नुका फाइदाहरु

१. दिमाग र शरीरलाई फ्रेस

नियमित एक गिलास तातो पानीमा कागती (Lemon) मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ ।

२. कागतीमा पाइने भिटामिन ‘सि’को फाइदा

कागतीमा पाइने भिटामिन ‘सि’ जसले हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । जसले चिसोका साथै विभिन्न रोगसँग लड्ने क्षमताको विकास गर्दछ ।

३.कागतीमा हुने एन्टिअक्सिडेन्टको फाइदा

कागती पानीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रमा रहेको हुन्छ । जसका कारण यसको नियमित सेवनले छालालाई सँधै जवान र ताजा राख्न मद्धत गर्दछ ।

४. कागती पानीले

कागती पानीले हाम्रो मुत्र नलीलाई सफा राख्न मद्धत जसले गर्दा हाम्रो शरीरमा जम्मा भएर बसेको टक्सिनलाई बाहिर निकाल्न मद्धत गर्दछ साथै कलेजोलाई स्वच्छ राख्न मद्धत गर्दछ ।

५. कागतीमा पाइने पोटासियमले दिने फाइदा यस्तो छ

कागती पानीबाट प्रशस्त मात्रमा पोटासियम प्राप्त हुन्छ जसले हाम्रो ब्रेन ( दिमाग) र शरिरका अन्य (नर्भ) ज्ञानेन्द्रीय अंगहरुको कामलाई प्रभावकारी बनाउन मद्धत गर्दछ ।

६. छाला सम्बन्धि रोगमा

यदि तपाईले दैनिक एक गिलास तातो पानीमा कागती मिसाएर खानुभयो भने २१ दिनमा तपाईको छालामा निकै ठुलो परिवर्तनको महशुस गर्नुहुनेछ । यसले तपाइको छालालाई ताजा र जवान देखाउँछ ।

७. किड्नी स्टोनमा

कागती पानी नियमित खानेहरूलाई किड्नी स्टोन जम्नबाट रोक्दछ । किड्नी स्वस्थ राख्नमा पानीको राम्रो भुमिका छ ।

नोट : कागती पानीको सेवन गर्दा खासै बेफाइदा नभएपनि युरिक यसिड बढ्ने हुनाले यसको प्रयोग यस्ता रोगीहरूलाई नगर्नु नै बेस हुनेछ । सर्दि प्रकृतिका रोगीलाई पनि कागती सुट नगर्न सक्छ ।

यो पनि पढनुहोस्

गाँजर खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

बोक्रासहित स्याउ खानुका फाइदाहरु

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !