७ बैशाख २०८१, शुक्रबार

ताजा र हरियो सागसब्जी खाउ रोगलाई जरैदेखि भगाउ


हरियो सागसब्जी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरियो सागसब्जी नियमित सेवन गर्नाले हीट स्ट्रोक, क्यान्सर, उच्च रक्तचाप, हृदय रोग जस्ता समस्यामा यसले राम्रो फाइदा पुर्याउन सक्छ । हरियो सागसब्जीमा प्रयाप्त मात्रामा प्रोटिन र खनिज भिटामिन पाइन्छ । मोटोपना र छाला चम्किलो बनाउन समेत यसले राम्रो मद्दत गरेको हुन्छ ।

आज विदेशीहरू हरियो सागसब्जी खानबाट बन्चित हुनाले अनेकौं रोगको दलदलमा फस्दैछन् । हाम्रो देशमा हरेक घरमा अनिवार्य साग पाकेको हुन्छ । साग आइरनको पनि स्रोत हो भन्दा खासै फरक छैन ।

यस्ता छन् हरियो सागसब्जी खानुका फाइदाहरु

१. हरियो सागमा फ्याट र क्यालोरी कम हुन्छ । यसले मोटो हुनबाट रोक्दछ । पेट सफा राख्दछ । पेटमा भएको विषादी हटाउन समेत यसले राम्रो मद्दत गर्दछ ।

२. नियमित हरियो तरकारी खानेहरूको छाला धेरै राम्रो हुन्छ । हरियो तरकारीमा एंटीऑक्सीडेंट भिटामिन ए र सि पाइने हुनाले यसले छालालाई राम्रो फाइदा गर्दछ ।

३. आजको युगमा हरियो सागसब्जी नखानुको परिणामले हाम्रो कपाल झर्ने समस्या बढी देखिएको छ । यस्तो समस्या हल गर्न समेत हरियो सागसब्जीले राम्रो भूमिका खेलेको हुन्छ । कपाल झर्ने समस्या भएकाहरूले हरियो सागसब्जी खानुहोस् भन्ने हाम्रो राय छ ।

४. नियमित हरियो सागसब्जी खानाले उच्च रक्तचाप नियन्त्रण गर्दछ । हरियो सागमा पाइने पोटासियमले हाम्रो शरिरमा नुनको मात्रा बढ्न नदिने हुनाले व्लड प्रेशर बढ्नबाट रोक्दछ । वल्ड प्रेशरका रोगीले हरियो फलफूल र साग तरकारी प्रशस्त सेवन गर्नुपर्दछ ।

५. हरियो तरकारीमा भिटामिन प्रशस्त पाइन्छ । हरियो सागमा आइरन, क्यालशियम, भिटामिन ए, सि, के, ग्लाइसेमिक जस्ता थुप्रै भिटामिन पाइने हुनाले धेरै रोगहरू निको बनाउन राम्रो मद्दत गर्दछ । चिनीका रोगीले हरियो तरकारी नियमित सेवन गर्नाले चिनीको लेवल सामान्य गर्दछ ।

यो पनि पढनुहोस्

गाँजर खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

बोक्रासहित स्याउ खानुका फाइदाहरु

स्वास्थ्यका लागि हाडे बदाम खानुका फाइदाहरु

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !