११ बैशाख २०८१, मंगलबार

स्वास्थ्य नै धन हो, यसको सुरक्षा गर्नु नैतिक दायित्व हो


Without fat body बोसोरहित स्वस्थकर जीवन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो स्वास्थ्य सवल होस्, रोगसंग लड्ने क्षमतामा वृद्धि होस् भन्ने चाहना भए हामीले त्यस्ता खाना खाऔ, जसले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव होस् । आज मैले यसै विषयमा केन्द्रित रहेर भेली कसरी खाने यसको प्रयोगबाट के के फाइदा हुनसक्छ भन्ने जानकारी पस्कने जमर्को गर्दैछु ।

भेलीमा सवै प्रकारको तत्व पाइने भएकाले यो खानाले थुप्रै फाइदाहरू छन् । जाडो मौसम होस् या गर्मी मौसम किन नहोस्, यसको सेवनले शरीरमा तागत दिन निकै उपयोगी हुन्छ । मौसम अनुसार भेलीको प्रतिदिन सेवनले रुघाखोकी र कफको समस्याबाट बचाउँछ ।

भेली

यस्ता छन् भेलीको सेवनबाट हुने फाइदाहरू

१. भेली म्याग्नेशियमको राम्रो स्रोत हो । भेली खाँदा मांशपेशीहरू, नसा र रक्त वाहिकाको थकानबाट आराम मिल्छ र रगतको कमीलाई पुरा गर्न पनि यो निकै राम्रो स्रोत हो ।

२.भेलीलाई नियमित रूपमा सेवन गर्दा रक्तसंचारलाई सन्तुलित बनाई राख्न मद्दत गर्नुको साथै रक्तचापको समस्यामा पनि राम्रो फाइदा हुन्छ ।

३. फोक्सोमा संक्रमण चाँडो फैलिन्छ । यसबाट बाच्नको लागि भेलीको सेवनले निकै मद्दत गर्दछ ।

४. पाचन सम्बन्धि समस्याहरूको उपचारमा पनि भेलीको सेवन निकै लाभकारी हुन्छ । खाना खाइसकेपछि थोरै भेलीको सेवन गर्दा पाचन प्रक्रियामा सुधार आउँछ ।

५. रगतको कमि हुनेलाई नियमित भेलीको सेवन गर्नु धेरै फाइदा पुग्दछ ।

६. जण्डिसका रोगीले थोरै भेलीसंग पानी सेवन गर्नाले यो रोग चाडो निको हुन्छ ।

७. सुगरका रोगीले भने भेली खानुहुदैन ।

८. बाहिर जाँदा धुलोका कणहरू नाक र मुखबाट भित्र पस्ने हुनाले नियमित भेली पानीसंग सेवन गर्नाले सफा गर्ने काम यसले गर्दछ ।

९. दैनिक नियमित मनतातो दूध र भेलीको सेवनले शरीरबाट बेकार चीज बाहिर निस्किन्छ । जसबाट तपाई निरोगी बन्नुहुन्छ ।

१०. तातो दूधको साथ भेलीको सेवनले महिनावारीको अवधिमा हुने दुखाईबाट आराम दिलाउन सक्छ ।

११. तातो दूध र भेलीको सेवनले छाला नरम हुनुको साथ-साथै छाला सम्बन्धि समस्या हल हुन्छ ।

यो पनि पढनुहोस्

पत्थरी फाल्ने अचूक घरेलु औषधी गहत

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !