६ बैशाख २०८१, बिहिबार

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु


जाडोमा खानेकुराहरु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु । अहिले जाडो मौसमको सिद्धिन लागेको अवस्थामा छ, तर जाडो पुरै हटेको भने छैन । जाडोमा परिवारका सदस्यलाई कसरी बचाउने र के खाने भन्ने कुरा सोच्नुपर्ने बेला आएको छ । हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा यो छ की जाडोमा खानपान, जीवनशैली, करिअर, अध्यात्म, पीडा सबै पक्षलाई ध्यान दिएर हेर्‍यौं भने ती समस्या अवसर भएर आएको हुन सक्छ ।

जाडोमा पनि यो नियम लागू हुन्छ । जाडो यस्तो मौसम हो, जहाँ खानामा अरुचि हुनेहरुलाई पनि खाना रुच्ने गर्छ । सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन् । आज हामीले जाडो मौसममा कस्तो चिज खानाले स्वास्थ्य लाभ हुन सक्छ भन्ने बारे प्रकाश पार्ने जमर्को गर्दैछौं पक्कै पनि यो पढेर फाइदा उठाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

जाडो मौसममा राम्रोसंग खान जानिएन भने विविध समस्याले पिरोल्न सक्छ । स्वास्थ्य मानिसको सवैभन्दा ठूलो सम्पत्ति हो हामीले स्वास्थ्यप्रति सजग रहेर खानपिनमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध थपिने छ । यो मौसममा हामीले अदुवा, काजु, पिस्ता र बदाम, आलस, बेसार,सुप, चिकेन सुप जस्ता बस्तु सेवन गर्न सक्छौ ।

यस्ता छन् जाडोमा खानेकुराहरु

१. अदुवा सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्री रोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ । जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । जाडोमा त्यसै काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ ।

२. काजु,बदाम र पिस्ता दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।

३. आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने । खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने । आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ ।

४. बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ । जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ ।

५. जाडोमा सुप बनाएर खानुपर्छ । सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो । त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ । गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ । यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ ।

६. चिकेन सुपले शरीरलाई तातो दिन्छ । तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सक्नुहुन्छ ।

७. युरोपका धेरै देशमा अत्यन्तै जाडो हुन्छ । ती देशमा जाडोबाट बच्न चिकेन सुप खाने प्रचलन धेरै छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !