१३ बैशाख २०८१, बिहिबार

यसरी अण्डा उसिन्दा स्वाद पनि मिठो हुन्छ !


अण्डा उसिन्दा

एजेन्सी, अण्डा सबैले मनपराउने गर्छन् सबैको भान्सामा प्रयोग हुने अण्डावाट हाम्रो स्वास्थ्यमा पनि फाइदा छ यो दुई तरिकावाट बनाएर खान सकिन्छ एउटा फ्राई गरेर भने अर्को उसिनेर हो कसैलाई फ्राई गरेको मन पर्छ भने कसैलाई उसिनेको मनपर्छ उसिन्दा पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ नत्र अण्डा नै फुट्न सक्छ । विचार गरेर उसिन्दा अण्डामा रहेको पोषणलाई पूर्ण सुरक्षित राख्न सकिन्छ । पानी उमालेर त्यसमा अण्डा हाल्दा अण्डा फुट्दैन र पोषक तत्व रहिरहन्छ ।अण्डालाई कम आँचमा १० मिनेटसम्म उसिन्दा पर्याप्त हुन्छ । यसो गर्दा अण्डाको पूरा पोषकतत्व पाइन्छ । अण्डा उम्लिरहेको समयमा नुन हाल्दा पछि अण्डाको बोक्रा सजिलै निस्कन्छ । अण्डाल डुब्ने गरी पानी हाल्ने र पानी कम हुँदा अण्डा फुट्न सक्छ । अण्डा उसिने लगत्तै तुरुन्त चिसो पानीमा हाल्दा अण्डाको नानीको रंग हल्का हुन्छ र स्वाद पनि मिठो हुँदैन । त्यसैले चिसो पानीमा लगाउन हुँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !