८ बैशाख २०८१, शनिबार

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु


मुङको दाल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मुङको दाल हाम्रो भान्सामा समय समयमा हुने गरेको र हामीले खाने गरेको सर्वविवितै छ । मुङको दाल खानाले स्वास्थ्यमा के कस्तो फाइदा उठाउन सकिन्छ भन्ने जानकारी भएमा अझ बढी मुङको दाल प्रयोग हुने देखिन्छ ।

मुङको दालमा प्रशस्त मात्रामा भिटामिन तथा खनिज प्रदार्थ पाइन्छ। मुङको दालमा भिटामिन ए, बी, सी, ईका साथै पोटासियम, आइरन, क्याल्सियम प्रशस्त पाइन्छ । यसले गर्दा नियमित मुङको दाल सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक क्यालोरी प्रचुर मात्रामा पुराउने देखिन्छ ।

नियमित रूपमा दैनिक अंकुरित मुङको दाल खानाले शरीरमा ३० क्यालोरी तथा एक ग्राम फ्याट पाइने गर्छ । अंकुरित मुङको दालमा म्याग्नेसियम, कपर, फोलेट, राइबोफ्लेविन, भिटामिन सी, फाइबर, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, आइरन, भिटामिन बी-६, नियासिन, थायमिनका साथै प्रोटिन पाइन्छ ।

टुसायुक्त मुङको दालमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीलाई नियमित मुङको दाल सेवन गर्नु फाइदाजनक मानिन्छ। मुङको दालमा हुने भिटामिनहरूको कारणले गर्दा नियमित रूपमा सेवन गरेमा शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ।

मुङको दालको नियमित सेवनले शरीरमा भएका विषाक्त तत्त्वहरूलाई बाहिर निकाल्न सहयोग गर्ने हुँदा शरीरमा अनावश्यक संक्रमण हुनबाट बचाउँछ । प्रोटीनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । प्रोटीनको सेवन गर्दा लामो समयसम्म भोक लाग्दैन । प्रोटीनयुक्त खानेकुराहरुमा मुङको दाल नियमित सेवन गरौं ।

स्वास्थ्यका दृष्टिकोणले मुङको दाल उपयोगी देखिएको छ । मानव स्वास्थ्यका लागी गेडागुडी हाम्रो खानामा समावेश गर्नु राम्रो हुनेछ । कतिपयले मुङको सालको सेवन कम गरेको पाइन्छ । मुङ्को दालले हामीलाई चाहिने आवश्यक क्यालोरी पूर्ति गरी शरीरलाई चाहिने भिटामिन समेत मुङको दालले पुरा गर्नेछ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !