१३ बैशाख २०८१, बिहिबार

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु


पत्ता गोभी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा पत्ता गोभीको खेती बढी हुने गरेको छ । पत्ता गोभीलाई सलादको रूपमा होस् या काचै किन नहोस् बढी प्रयोग भएको पाइन्छ । हाम्रो देशमा तरकारी र सलादको रूपमा बढी सेवन गर्ने प्रचलन छ । आजको लेखमा मैले पत्ता गोभीका फाइदाबारे प्रकाश पार्नेछु ।

प्रकृतिको उपहारलाई हामीले भुल्नु हुदैन कतिपय कुरा जानेर होस् या नजारेर किन नहोस् हामी धेरै नै पछि परेका छौं । विदेशमा माछा मासु सस्तो छ भने सागसब्जी महंगो छ । यसको ठोस् कारण हो यसमा हुने पौष्टिक तत्व ।

पत्ता गोभीमा भिटामिन ए, फाइबर, बीटा कैरोटीन, भिटामिन बी1, विटामिन बी6, विटामिन के, विटामिन ई, विटामिन सी, आयरन, पोटैशियम, सल्फर, प्रोटीन प्रसस्त खनिज लवण जस्ता थुप्रै प्रकारको पोषक तत्व यसमा पाइन्छ ।

अन्य पत्ता गोभीका फाइदाहरु यस्ता छन्

१. पत्ता गोभीमा अधिक मात्रामा एन्टी अक्सीडेन्ट नामक तत्व पाइने भएकाले चाँडो बुढो हुनबाट रोक्दछ । बुढेसकालमा हुने चाउरीपनलाई समेत हटाउन ठूलो मद्दत गर्दछ ।

२. पत्ता गोभीमा कैल्शियम अधिक मात्रामा हुने हुनाले हड्डिलाई बलियो बनाउन समेत राम्रो काम गर्दछ ।

३. बाल झर्ने समस्या हुनेहरूका लागि पत्ता गोभी नियमित सेवन गर्नुहोस् यसले बाल झर्न रोक्छ । पत्ता गोभी कम्तीमा दैनिक ५० ग्राम खानुपर्छ भनेको छ ।

४. अनिन्द्राको समस्या हुनेहरूले नियमन पत्ता गोभी सेवन गर्नाले राम्रो निन्द्रा पर्दछ ।

५. पत्ता गोभीमा क्लोरीन र सल्फर नामक दुई मिनरल्स पाइने भएकाले पेट साफ़ राख्नमा समेत मदद गर्दछ ।

६. पत्‍ता गोभीमा भिटामिन ए पाइन्छ । पत्ता गोभीको नियमित सेवनले बीटा कैरोटिनको मात्रा बढ़नाले आँखा स्वस्थ राख्दछ ।

७. पत्ता गोभी मधुमेहका रोगिको लागि धेरै उपयोगी भनेको छ । मधुमेहका रोगीले पत्ता गोभी बढी खाने गर्नाले यो रोग बढ्न रोक्छ भनेको छ ।

यो पनि पढनुहोस्

यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु र बेफाइदाहरु

गाईको घिउबाट गरिने रोगको उपचार

मोतियाविन्दुको उपचार यसरी गर्न सकिन्छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !