८ बैशाख २०८१, शनिबार

जानीराखौं, उमेर अनुसार अण्डा खाँदा उचित


anda

एजेन्सी, अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ ।
५–१० वर्षको उमेरमा१०–१५ वर्षको उमेरमा एउटा अण्डा पहेंलो भाग सँगै खानुहोस् अर्को अण्डाको सेतो भाग मात्रै खानुहोस् । तौल कम छ भने पहेंलो भागसँगै खानुहोस् यदि बढि छ भने सेतो भागमात्र खानुहोस् ।
१५ देखि २० वर्षको उमेरमा तीनदेखि चारवटा अण्डा खानुहोस् । यदि प्रोटिनका अन्य स्रोत जस्तै पनिर वा कुखुराको मासु खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।
२० देखि ३० वर्षको उमेरमा दुईदेखि तीनवटा अण्डा । तपाईको तौलको आधारमा पहेंलो भाग खाने नखाने बिचार गरेर खानुहोस् ।
३० देखि ४० वर्षको उमेरमा दुईवटा अण्डा पहेंलो भाग बिना । यो उमेरमा तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।
४० देखि ५० वर्षको उमेरमा दुईवटा अण्डा पहेंलो भाग बिना नै खानुहोस् । मेटाबोलिजम कमजोर हुने भएकाले पहेंलो भाग बिना नै खानु फाइदाजनक हुन्छ ।
५० देखि ६० को उमेरमा एउटा अण्डा पहेंलो भाग बिना । मुटु रोगको सम्भावना बढ्नसक्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !