११ बैशाख २०८१, मंगलबार

भिटामिन बढी वा कम भए के हुनसक्छ ? जानी राखौ


भिटामिन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शरीरमा अत्यधिक क्याल्शियम र प्रोटिनको मात्रा बढी हुनु भनेको पत्थरी पैदा हुनु हो । आजकाल लामो समय गर्भवतीलाई क्याल्शियम दिने प्रचलन आएको छ । गर्भ अवस्थामा क्याल्शियम दिनु ठिक हो तर क्याल्शियम कति आवश्यक छ भन्ने कुराको पुरा जानकारी हुनु पर्दछ । मानिसलाई भिटामिन बढी भए रोग लाग्न सक्छ भने कम भए अनेकौं समस्या निम्ताउन सक्छ ।

हचुवाको भरमा यस्ता औषधि खुवाउदा हामीले सोच्नुपर्छ । आधुनिक युगमा हाम्रो शरिरलाई कुन भिटामिन कति आवश्यक छ भन्ने जानकारी हुनु पर्दछ र यो ल्याबबाट सम्भव छ । जब-जब हाम्रो शरीरलाई भिटामिनको आवश्यक हुन थालेपछि शरीरमा लक्षण देखिन थाल्दछ । जस्तै भिटामिन क्याल्शियमको कमी भएमा जोर्नी दुख्ने जस्ता समस्या देखिन सक्छ ।

भिटामिन भोजनको त्यो पदार्थ हो, जुन सबै जीवहरूलाई आवश्यक हुन्छ । यी कार्बनिक यौगिक हुन्छन् । यस यौगिकलाई भिटामिन भनिन्छ । जुन शरीरद्वारा प्रयाप्त मात्रामा उत्पन्न हुँदैन, यसकारण यसलाई आहारको रूपमा लिनुपर्दछ । चिकित्सकका अनुसार कयौँ रोगहरूको कारण भिटामिनको कमीले हुनसक्छ, यसले हरेक वर्ग र उमेरको मानिसलाई प्रभावित गर्छ ।

हाम्रो शरीरको लागि सबै भिटामिन्सको आफ्नो-आफ्नो महत्व हुन्छ, तर भिटामिन E को भूमिका तीमध्ये केही विशेष हुन्छ । चाहे शरीरको रोगप्रतिरोधक क्षमता बलियो बनाई राख्न वा एलर्जीबाट बचाई राख्न र कोलेस्ट्रोललाई नियन्त्रित राख्न यी सबैका लागि यो निकै आवश्यक हुन्छ । यसको कमीले विभिन्न प्रकारको लक्षण पनि देखा पर्छ ।

भिटामिन ‘ए’ भएका तत्वहरु समग्र रुपमा स्वास्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छन् । दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यस्तै राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ । आँखा तेजिलो बनाउँछ । यति मात्र होइन, भिटामिन ‘ए’ ले छाला, श्वासप्रश्वास तथा प्रजनन् स्वास्थ्य सम्बन्धी रोग लाग्न दिँदैन ।

भिटामिन सीको कमिको कारण केहि रोग जस्तै मोतिबिन्दु, छालाको रोग, गर्भपतन, रक्तअल्पता, भोक नलाग्नु आदि हुन सक्छ । भिटामिन सीले शरिरलाई धेरै रोगबाट बचाउन सहयोग गर्छ । यसको साथै श्वासप्रस्वास र पाचन प्रणाली सम्बन्धी रोगबाट पनि मुक्त गराउन सहयोग गर्छ ।

हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् ।

भिटामिन ‘बी’ को कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ । स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्म पोषणको जरुरी हुन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्तकोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।

नोट : मानव स्वास्थ ठिक होस् भन्नाका निम्ति भिटामिनको अति महत्वपुर्ण भुमिका छ तर कतिपय अवस्थामा भने यसका थुप्रै साइड इफेक्ट हुन सक्ने हुनाले राम्रोसंग जाँचेर र डाक्टरको परामर्श लिएर मात्र भिटामिन खानुस भन्ने हाम्रो राय छ ।

यो पनि पढनुहोस्

यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु र बेफाइदाहरु

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !