होसियार ! यस्ता छन् संसारकै हानिकारक खानेकुराहरु

एजेन्सी, हाम्रो स्वास्थ्यको लागि हानिकारक तत्वहरु त्यति थाहा हुँदैन । किन की हामीले सबैकुराहरु राम्रै र मिठो मानेर खाइरहेका हुन्छौं । तर ख्याल गर्नुपर्छ । कतिपय खानेकुरा यस्तो हुन्छ । जसले हाम्रो स्वास्थ्यको लागि ठुलो हानी पुर्याएको हुन्छ । त्यसैले हामीले ख्याल गर्नुपर्ने हुन्छ । कुनै खानेकुराहरु यस्तो सम्म हुन्छ की जुन संसारकै हानिकारक खाद्य पदार्थ भित्र पर्दछ । जुन निम्नलिखित तल छन् ।

  • तारेको खानेकुरामा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
  • जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने र घरमा ताताएर खाने गर्दछन् । जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
  • सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईलाई मोटो बनाउँदछ र यो तपाईको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
  • प्याक गरिएका चिप्स हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ ।
  • फ्रेन्च फ्राईमा नुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
  • बर्गरमा प्रशस्त मात्रामा नुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
  • नुनले भरिएको स्न्याक्सले तपाईलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
  • कृत्रिम स्वाद स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईको स्वास्थ्यलाई बिगार्ने गर्दछ ।
  • माइक्रोवेभ पपकर्न खानाले तपाईलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
  • सेतो चामलमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।