६ बैशाख २०८१, बिहिबार

मह खानुका खतराहरु


मह

एजेन्सी, हाम्रो स्वास्थ्यको लागि हामीले विभिन्न खालका खानेकुराहरुदेखी भिटामिनहरु पनि खाइरहेका हुन्छौं । तर प्राय मानिसहरु महलाई औषधिको रुपमा पनि लिने गरिन्छ । तर यसको फाइदा मात्र होइन बेफाइदाहरु पनि त्यतिकै छन् । गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ | यस्ता छन् मह खानुका खतराहरु ।

मह तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।
महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ ।
माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ ।

यो पनि पढ्नुहोस्

मह सेवन गर्दाको फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !