६ बैशाख २०८१, बिहिबार

स्वास्थ्य धन हो भने जिब्रो रोगको घर हो


पाउरोटी खाँदै

स्वास्थ्य धन हो भने जिब्रो रोगको घ रहो । आज जति पनि रोग हामीले पाएका छौं सवै जिब्रोको देन हो । स्वादले गर्दा अनेकौं रोग हामीले पाएका छौं । जीब्रोको कारण मिठो मिठो खाना हामीले खान्छौं तर हामिले सोचेका हुदैनौं । मिठो खानाले रोग लाग्छ।

अहिलेका पुस्ता सोध्नुहोस्, ‘भोकको अनुभव छ ?’ उनीहरुले ‘अँह’ वा ‘छैन’ भन्ने संकेत गर्छ सक्छन् किनभने हामीसँग यति धेरै खानेकुरा उपलब्ध छन् कि जतिबेला, जसरी पनि खान सकिन्छ ।

जब भोक लाग्छ, हाम्रा लागि चाउचाउ उपलब्ध छ । जब भोक लाग्छ, हाम्रा लागि बिस्कुट तयार छ । जब भोक लाग्छ, हाम्रा लागि अनेक नुडल्स छन् । जब भोक लाग्छ, हाम्रा लागि प्याकेजिङ खानाहरु छन् । टेलिभिजन, पत्रपत्रिकामा यी खानेकुराको आकर्षक विज्ञापन देख्न सकिन्छ । हेर्दा पनि खाउँ-खाउँ लाग्ने हुन्छ । खानेकुरा देख्नसाथ मुखमा पानी आइहाल्छ ।

यस्ता खानेकुराले जिब्रोलाई पनि लोभ्याउँछ । त्यही कारण साना बच्चादेखि बुढाबुढीको जिब्रो समेत यस्तै खानामा चाडै अभ्यस्त हुन्छ । जबकी बालबालिकालाई घरमै तयार गरिने उसिनेको खानेकुरा, सागपात, फलफूलमा बानी पार्न निकै समय लाग्छ ।

कुनै पनि खाना खाँदा हामीले के यो खाना स्वास्थ्य कर छ भनेर बुझेका हुदैनौ । आज हरेक घरमा रोगले मानीसलाई थला टेकाएको छ । हरेक परिवारले यदि खानपानमा ध्यान दिन सकेको भए थुप्रै पैसा विदेशीनुबाट रोकिने थियो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !