१३ बैशाख २०८१, बिहिबार

गोरखनाथले समेत खाएको सधै जवान बनाउने दिव्य फलको पौराणिक कहानी


दिव्य फल

एकादेशमा एउटा राजा थिए उनका तीन श्रीमती थिए । उनका ती तीन श्रीमतिमध्ये कान्छी सवैभन्दा सुन्दर थिइन् । एकदिन गुरू गोरखनाथ बाबा राज महलमा आएको देखेर राजाले सत्कारमा कुनै कसर राखेनन् यो देखेर गुरू गोरखनाथ बाबाले म हजुरको सत्कारदेखि धेरै खुसी छु भन्दै सदा युवा जवान हुने फल खान दिएछन् ।

त्यो फल देखेर सोच्न थाले म राजा छु म सदा जवान किन हुनुपर्यो बरू कान्छी श्रीमतिलाई खान दिन्छु उनी सदा जवान भए मलाई बाँच्दासम्म आनन्द दिने छन् भन्ने सोचेर फल कान्छीलाई दिन्छन् । तर यता राजाले राजपाठमा बढी ध्यान दिदै गर्दा कान्छी रानीले चौकीदारसंग प्रेम गर्दै रहिछन् ।

रानीको हातमा जवान हुने फल राजाले दिएको हुनाले सोच्न थालिछन् यदि मैले त्यो चौकीदारलाई यो फल दिए भने उ जवान हुनेछ र मलाई सधै मेरो इच्छा पूर्ति गर्ने छ भनेर फल चौकीदारलाई खान दिइछन् ।

चौकीदारको हातमा फल परेपछि फलको विशेष थाहा भएपछि उसले अर्की यौनकर्मी महिलासंग प्रेम गर्दो रहेछ उसले पनि यो फल उसलाई दिए भने उ सदा जवान हुन्छे र मलाई जीवनभर साथ दिन्छे भनेर फल दिएछ ।

फलको फाइदा देखेपछि यो फल खाए यो नर्कबाट उम्कन सक्ने छैन बरू यो फल राजालाई दिए भने राजा जवान भएपछि देशबासीलाई सुखी राख्नेछन् भनेर फल राजालाई दिइछ ।

राजाले फल देखेपछि मैले रानीलाई दिएको फल यौनकर्मी महिलासम्म कसरी पुगेछ भनेर चौकिदारलाई बोलाएर बुझ्दा श्रीमतिले चौकीदारलाई फल दिएको थाहा भएछ यो देखेपछि राजालाई दु:ख लागेछ र सवै राजपाठ त्यागेर जोगी बनेर गुरू गोरखनाथको शरणमा पुगेछन् ।

यो संसार आफ्नो कोही छैन एकले अर्कालाई चाहने गरेको हुन्छ । आफ्नो सोच्दा अर्को हुने रहेछ भन्ने कुरा त्यो सदा जवान हुने फलले पाठ सिकाएछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !