८ बैशाख २०८१, शनिबार

यस्ता छन् स्वास्थ्यको लागि लसुन खानुका फाइदाहरु, थाहा पाइराखौ


लसुन

लसुन हाम्रो भान्सामा प्राय अनिवार्य भएको हुन्छ । लसुनको वैज्ञानिक नाम : अँलियम सटीवेम (Allium Sativem) भन्दछन् । लसुनबाट होम्योपैथीक कम्पनीले (Allium Sativem Q) नामको औषधि बजारमा ल्याएको छ ।

लसुनको बारेमा हालैमा केहि कुरा प्रकाशमा आएको छ । लसुनमा हुने एक प्रकारको सेक्स पावर बढाउने खालको गुणको कारणले गर्दा यो भान्सामा हुने गरेको रहस्य खुल्न आएको छ । लसुनको गन्ध महिलालाई धेरै प्रिय हुने कुरा बताईएको छ ।

लसुन मसलाको रूपमा प्रयोग हुदै आएको छ । लसुनमा औषधिको गुण हुने भएकाले यसको महत्व धेरै बढेको पाइन्छ । काँचो लसुनमा तिब्र गन्ध भएकाले लहसुलाई औषधिको रूपमा लिएको हुन सक्ने केहिको अनुमान छ । लसुनमा एंटीएजिंग गुण समेत भएकाले छालाको रोगमा पनि उपयोगी मानिएको छ ।

लसुनलाई पिसेर निकालेको रसलाई कालो दाग भएको ठाउमा लगाउने ५ मिनेटपछि पानीले धोएमा कालो दाग मेटिने हुन्छ । आउनुस् आज हामीले लसुन के कस्ता रोगमा सेवन गराउनाले फाइदा हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछौं । प्रकृतिको अनुपम उपहारलाई प्रयोग गरेर लाभ लिन सिकौं ।

१. लसुनको प्रयोगबाट निको हुने रोगहरू

उच्च रक्तचापमा लसुनले राम्रो फाइदा गर्दछ । रक्तचापका रोगीलाई नित्य लसुन सेवन गर्ने सल्लाह दिनुपर्छ ।

२. कब्जियत र ग्यास्ट्रिकको रोगमा

लसुनलाई ठूलो औषधि मानिएको छ । नियमित लसुन खानेलाई यो रोग लाग्दैन ।

मुटु सम्वन्धी रोगमा लसुन ठूलो औषधि मानिएको छ । मुटु सम्वन्धित रोगीले नियमित लसुन सेवन गर्नुस् भन्ने हाम्रो राय छ ।

४. पाचन प्रणालीलाई बलियो बनाउन लनसुनको भूमिका ठूलो देखिन्छ । नियमित लसुन सेवन गर्नाले यो समस्या हल गर्दछ ।

५. चिसो, खोकी, दम आदि रोगमा समेत लसुन उपयोगी औषधि मानिन्छ ।

६. लसुनको नियमित सेवन गर्नेहरुको सेक्स पावर अत्यधिक बढ्ने गर्दछ । सेक्स कमजोर हुनेहरूले खानामा लसुनको बढी प्रयोग गर्न सक्नु हुन्छ ।

नोट : लसुनको सेवन गर्दा बढी गन्ध आउने हुनाले होम्योपैथीक कम्पनीले औषधि बनाएर बजारमा ल्याएको छ । आवस्यक मात्रामा विरामीले होम्योपैथीक डाक्टरको परामर्शमा लिन सक्नु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !