७ बैशाख २०८१, शुक्रबार

रोगको कारण हाम्रो गलत खानपान हो


गलत खानपान

हाम्रो स्वास्थ्य खराब हुनुको प्रमुख कारण गलत खानपिन हो । रोग लाग्नुको पछाडि हाम्रो खानपान रहन सहन भन्दा खासै फरक छैन । आज हरेक मान्छेलाई नाना थरिका रोग रोग देखिएको छ । यो सबैको पछाडि गलत खानपिन नै प्रमुख हो भन्दा खासै फरक छैन ।

हिजो मान्छेहरू काम गर्थे, आज कहि जान परेमा कार, मोटरसाइकल, स्कुटरको साहरा लिने गरिएको हुन्छ । तर पहिले चप्पल नलगाई मान्छेहरु हिड्ने गर्दथे खाना आफ्नै भान्सामा खाने गर्दथे । शारिरिक व्यायम हुने गर्दथियो तर अहिले खाना सबै कृतिम छ ।

सवैमा मिसावट छ । विषादी खाना खान हामी बाध्य छौं । हाम्रा बाबा आमाहरूले दिनभर बाहिर खेतमा काम गर्नु हुन्थ्यो । साँझ घरमा आएर जस्तोसुकै खाना किन नहोस् खानु हुन्थ्यो र पच्ने गर्दथियो तर अहिले काम नगर्ने बसेर खाने प्रचलन हावी हुदै आयो यसले गर्दा विविध रोगले असर गर्न थाल्यो ।

आजकाल व्यायामद्वारा पनि हामीले स्वास्थ्यमा सुधार गर्न सक्छौं । स्वास्थ्य धन हो तर हामीले रोगको कारणलाई राम्रोसंग नबुझेकाले विविध रोगको चपेटामा हामी परेका छौं । जबसम्म हामीले रोगको कारण हाम्रो लाइफ इस्टाइल हो र यसलाई सुधार गर्न सके हाम्रो स्वास्थ्यमा सुधार हुदै जानेछ ।

हाम्रो शरीरमा आवश्यक भिटामिनको अभावमा पनि हामीलाई विविध रोग लाग्ने गरेको हुन्छ । सुर्य अस्ताउदा या उदय हुँदा आधी घण्टा सुर्य ज्वतीमा बस्ने गर्नाले हामीलाई प्राकृतिक भिटामिन डि प्राप्त हुन थाल्नेछ ।

हामीले पानी हमेसा तामाको भाडामा र खाना फलामको भाडामा पकाएको खाने गर्नु सवैभन्दा राम्रो हुनेछ । तर आजकाल यस्तो छैन । मान्छेले जस्तोसुकै खाना खाने गरेको हुन्छ । स्वास्थ्यमा कसैको ध्यान पुग्न सकेको छैन ।

नोबेल कोरोनाले बाहिर खानु हुदैन यसले नकरात्मक प्रभाव पार्न सक्छ भन्ने जागेकाले बाहिर गएपनि साझ घरमै खाने गरेको पाइनुलाई नै परिबर्तन भन्दछन् । हामीले पाकेको खाना कम र काँचो खाना बढी खाने बानी बसाल्नु पर्दछ । आज प्रदुशन यति धेरै छ यसले गर्दा मानौं स्वास्थ्यमा ठूलो प्रभाव पारेको हामीले देख्न सक्छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !