८ बैशाख २०८१, शनिबार

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु


आँप

पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ ।

आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ ।

साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ । आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ ।

१०० ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ । आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।

आयुर्वेदमा आँपको गुण

आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ ।

आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ ।

आँप तपाई हामी धेरैलाई मन पर्ने फल हो । गर्मी महिनाको आगमनसँगै बजारमा आँप पनि देखिन थालेका छन् । तर, अहिले आएका आँप भने औषधी प्रयोग गरेको पकाइएका हुनाले ती आँपको प्रयोगले फाइदा भन्दा बढी बेफाइदा गर्छ ।

स्वस्थ आँपको प्रयोगले मानव शरिरलाई निकै फाइदा पुर्याउँछ । आँपले स्वास्थ्यमा गर्ने फाईदाबारे गरिएको एक अनुसन्धानले आँपले गर्ने विभिन्न फाइदाहरू पत्ता लगाएको छ । आँपले मानिसको आँखाको ज्योती नष्ट हुन नदिने, क्यान्सरबाट बचाउने जस्ता अन्य विभिन्न फाइदाहरूका बारेमा विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

आँपद्वारा उपचार

१. क्यान्सर निरोधक

आँपमा पाइने एण्टीअक्सिडेनमा भिटामिन ,फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ ।

२. आँखाको ज्योति

आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ ।

३. गर्मीबाट राहत

आँप गर्मी फल भएपनि यसलाई जीरा, विरेनुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।

४. रगतको मात्रामा बृद्धि

रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँफले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।

५. सेक्स हर्मोन बढाउन

आँपमा रहेको भिटामिन ई कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।

६. मोटोपन बढाउन

आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ ।

७. स्मरण क्षमतामा बृद्धी गर्न

आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ ।

८. शारीरिक सुन्दरता

आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ ।

९. मधुमेह

आँपको पात पनि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ । आपँको पातको उचित प्रयोगले मधुमेह कम ग्रन मद्धत गर्छ । ५-६ वटा पात उमालेर त्यसलाई अलिअली चिसोमा रातभर राख्ने र त्यसको पानी बिहान सबेरै खाने गरे शरिरमा रहको इन्सुलिनको मात्रा कमी भई मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

१०. पाचन पक्रिया

आँपमा हुने फाइवरका कारण पाचन प्रक्रियालाई समेत फाइदा पुर्याउँछ । यसले प्रोटिनको मात्रालाई कमी गराउने समेत गर्छ ।

११. अम्लिय पदार्थको सन्तुलन

आपँमा हुने टारटारिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरिरमा रहेको अम्लिय पदार्थलाई निस्तेज पार्न सहयोग गर्छ ।

१२. कोलस्टेरोलको मात्रा नियन्त्रण

आँपमा पाइने भिटामिन सी, पेक्टिन र फाइबरले शररिमा हुने सेरम कोलेस्टोरेललाई कमी गर्न मद्दत गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !