६ बैशाख २०८१, बिहिबार

अनारको जुस सेवन गरेर इम्युन सिस्टम बलियो बनाउ, रोग प्रतिरोधक शक्ति बढाउ


अनारको जुस

अनारको जुसले इम्यून सिस्टमलाई समेत बलियो बनाउन सकिन्छ । अनार हेल्थी जुस अन्तर्गत पर्दछ । अनारको जुसमा एन्टीअक्सिडेन्ट, भिटामिन सी, भिटामिन B5 पोटैशियम प्रयाप्त मात्रामा पाइने भएकाले मुटुलाई समेत स्वस्थ राख्ने काम अनारले गर्दछ ।

नोबेल कोरोनाले विषेशगरी मुटुका रोगी र इम्यूनो सिस्टम कमजोर हुनेहरूलाई बढि प्रभाव पार्ने हुनाले यो रोगमा समेत यसले राम्रो भूमिका खेल्दछ । स्वास्थ्यमा यसलाई हामीले नियमित सेवन गराउन सक्छौं ।

अप्राकृतिक टोनिकको सेवन भन्दा यो धेरै उच्च छ । जब शरिरमा नयाँ रगत बन्छ तब नयाँ अक्सिजन पनि बन्न थाल्दछ । नोबेल कोरोनाले सवैभन्दा बढी फोक्सोलाई क्षति पुग्ने हुन्छ । प्रयाप्त अक्सिजनको अभावमा मान्छेलाई अक्सिजनको आवश्यक हुन थाल्दछ ।

यस्तो अवस्थामा समेत अनारको जुसले नयाँ जीवन दिन सक्छ । हामीले अनारको जुसको माध्यमबाट आफ्नो स्वास्थ्य सबल बनाउन सकेका छौं । कोरोनासंग लड्ने मनोबल बढाउन समेत सकेका छौं ।

शरिर धेरै कमजोर भएका एलोपैथिक औषधि धेरै सेवन गरेर भएको कमजोरी हटाउन समेत अनारको जुस महत्वपूर्ण साबित भएको हामीले पायौं । आज बजारमा पाइने जति पनि भिटामिन छन त्योभन्दा हजार गुणा फाइदा हामीले अनारको जुसबाट फाइदा उठाउन सक्ने छौं ।

अनारको जुसको प्रयोगले महिलाहरूमा राम्रो फाइदा देखिएको छ । नियमित १४,१५ दिनसम्म जुसको सेवन गर्नाले यौन क्षमता बढाउन राम्रो भूमिका खेलेको छ । प्राकृतिक भिटामिन जस्तो राम्रो अरू केही छैन ।

अनारको जुस सेवन गर्ने तरिका

१. एक गिलास अनारको जुसमा चिनी राखेर पनि खान सक्नुहुन्छ तर चिनिको ठाउमा थोरै बिरेनुन राखेर खानाले पाचन क्रियामा समेत राम्रो भूमिका खेल्दछ । जुस दैनिक एक गिलास सेवन गरे पुग्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !