राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक रुपमा उद्घाटन गर्दै Nepalpatra राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक रुपमा उद्घाटन गर्दै
२८ बैशाख २०७८, मंगलबार

राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक रुपमा उद्घाटन गर्दै


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

उनका अनुसार दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनेछन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ । यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !