१३ बैशाख २०८१, बिहिबार

यस्ता छन् घरेलु जडिबुटी पुनर्नवाका फाइदाहरु


पुनर्नवा

नेपाली भू-भागमा पाइने हरेक जडिबुटी महत्वपूर्ण छन् तर यस्ता जडिबुटीप्रति कसैको चासो छैन यो दु:खको कुरा हो । हामीले आफ्नो स्वास्थ्यप्रति चरम लापरबाही गर्दैछौं । पुनर्नवा जडिबुटी भन्दा अधिकांशलाई थाहा नभएको हुन सक्छ । यसको साग हाम्रो भान्सामा पाक्ने गरेको हुन्छ ।

हल्का हिलो जस्तो गन्ध आउने साग जसलाई हामीले खोले साग पनि भन्ने गर्छौं । यो साग खोलाको तीरमा र इनारको नजीक बढी हुने गरेको पाइन्छ । यस्ता सागको पुर्ण जानकारीको अभावमा त्यसै खेर गइ रहेको छ ।

नेपाली हामीले आफ्नो रोगको उपचार आफै गर्न सकिरहेका छैनौं । उपचार गराउन आउनेलाई यस्ता जडिबुटी छन् भनेर प्रचार समेत हामी गर्न सकिरहेका छैनौं । आउनुस् पुनर्नवा जडिबुटीबारे जानकारी प्राप्त गरौं ।

मृगौलाका रोगीहरुका लागी पुनर्नवा अर्थात खोले साग अत्यन्तै उपयोगी मानिएको छ । पुनर्नवाको सम्पूर्ण बिरुवामा नै औषधीय गुण हुन्छ । विशेषगरी यसको जरा र पातमा औषधीय गुण प्रशस्त मात्रामा पाईन्छ ।

खेतमा लगाईने या अक्सर जताततै आफैं उम्रिने यो बिरुवाको चमत्कारिक गुण थाहा पाएपछि जो कोहीलाई पनि आश्चर्यचकित बनाउँछ ।

यो जडिबुटीको उचाई ३ देखि ६ ईन्चसम्मको हुन्छ । सेतो फूल फुल्ने पुनर्नवालाई पिसेर आँखामा लगाउनाले आँखामा हुने तमाम रोग ठिक पार्नुका साथै आँखाको ज्योती बढ्दछ । यो बिरुवा ३ वटा रातो, सेतो र निलो प्रजातीमा पाईन्छ ।

सेतो फूल फुल्ने प्रजातीलाई बिषखपरा भनिन्छ भने निलो फूल फुल्ने प्रजातीलाई पुनर्नवा भनिन्छ । यसको प्रयोगले किड्नी सम्बन्धी सम्पूर्ण रोगलाई निको पार्दछ । यहाँसम्म कि डायलोसिस गरिरहेको बिरामीले पनि यसको नियमित सेवन गरेमा डायलोसिसबाट छुटकारा पाउन सकिन्छ ।

हेर्दा साधारण देखिने यो बिरुवा आयुर्वेदमा किन यति उपयोगी सिद्ध भएको छ ? किनकि पुनर्नवामा यस्तो रासायनिक तत्व छ जुन कुनै जडिबुटीमा छैन जसले गर्दा यो बिरुवा किड्नी जस्तो अत्यन्त जटिल बिमारीलाई पनि ठिक पार्न सक्दछ । तसर्थ यो बनस्पति एलोपैथीक उपचारबाट निरास भएका बिमारीहरूलाई समेत अमृत समान फाइदा दिन सक्ने छमता यसमा छ ।

यस्ता छन् पुनर्नवाका फाइदाहरु

१. पिसाब पोल्नेमा पुनर्नवाको ४० मि.ली. रस नित्य पिउनाले किड्नी सफा हुनुको साथै पिसाब पोल्न छोड्दछ ।

२. किड्नी स्टोनमा पुनर्नवाको जरालाई दूधमा उमालेर विहान बेलुका सेवन गर्ना पत्थरी फाल्दछ ।

३. शरीर सुनियो भने पुनर्वाको जराको काढा बनाएर सेवन गर्नाले निको हुन्छ ।

४. हाइड्रोसिलको समस्या देखिएमा पुनर्वाको जरालाई दूधमा घोटेर लगाउनाले निको हुन्छ ।

५. संधिवातः पुनर्नवाको पातमा सुठो हालेर तरकारी बनाएर खानाले यो रोग निको बनाउदछ ।

६. महिलाको तल्लो पेट दुख्ने समस्यामा पुनर्नवाको पातको रस खानाले यो रोग क्रमश: निको हुन्छ ।

७. रक्तअर्श दिसामा रगत आउने समस्या देखिनु पायल्स हुन सक्छ । पुनर्नवाको जरालाई पिस्ने र २०० मि.ली जती बाख्रीको दूध २०० मि.लीमा मिलाएर सेवन गर्ने निको हुन्छ ।

८. हृदयरोगको कारण शरीर सुनियको भएमा पुनर्नवाको जरालाई १० ग्राममा अर्जुनको बोक्रा १० ग्राम चूर्णलाई पानीमा पकाएर सेवन गर्नाले यो रोग निको हुन्छ ।

९. हात्ती पाउ रोगमा पुनर्नवाको रसको काढा बनाएर सेवन गराउनाले यो रोग निको हुन्छ ।

१०. पेटमा पानी भरियमा पुनर्नवाको जराको चूर्णलाई विगान बेलुका सेवन गराउन राम्रो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !