१२ बैशाख २०८१, बुधबार

स्वास्थ्यको लागि तरकारीको रुपमा फूलगोभी खानुका फाइदाहरु


फूलगोभी

तरकारीमा सवैभन्दा बढी प्रयोग हुने फूलगोभी भन्दा खासै फरक नपर्ने देखिन्छ । तर फूलगोभी खानाले मानव स्वास्थ्यमा के कस्ता फाइदा छन् भन्ने कुरा हरेकले बुझ्न जरूरी छ । आउनुहोस् यस बारेमा राम्रोसंग जान्ने प्रयत्न गरौं ।

फूलगोभीमा इंडोल्स नामक तत्व पाइन्छ जसले मोटोपना (ऐंटिओबेसिटी ) घटाउन सहयोग गर्दछ । शरीरमा भएको फ्याट कम गर्न गोभीले राम्रो भूमिका खेलेको पाइन्छ । अर्को महत्वपूर्ण काम शरीरमा बोसो बढ्नबाट समेत रोक्न ठूलो मद्धत यसले गर्नेछ ।

प्राकृतिक हिसाबले फूलगोभी सर्दि मौसममा बढी हुने सब्जी हो । तर गर्मी मौसममा स्टोरेज भूलगोभी सेवन गर्दा स्वास्थ्यलाई फाइदा होइन बेफाइदा बढी हुने गरेको पाइन्छ । जाडोमा यस्को सेवन बढी गर्ने तर गर्मीमा भने यो नखाँदा स्वास्थ्यलाई राम्रो हुनेछ ।

जाडो मौसममा फूलगोभी सेवन गर्दा यसले शरीरलाई न्यानो बनाउन ठूलो मद्दत गर्दछ । यो जाडोमा गर्मी र गर्मी मौसममा चिसो हुने हुनाले शरीरलाई नोक्सान गर्न सक्छ । कुनै पनि सिजनेवल तरकारी सेवन गर्दा मौसम अनुसार खानु राम्रो हुनेछ ।

फूलगोभीमा पोटासियम र भिटामिन-बी 6 पाइने हुनाले रगतमा इंसुलिनको मात्रा सामान्य बनाउन राम्रो भुमिका फूलगोभीले खेल्ने गरेको पाइएको छ । यदि शरीरमा पोटैशियम कम भएमा शुगरको रोगीको ब्लडमा ग्लूकोजको स्तर बढ्ने हुन्छ । शुगरका रोगीले फूलगोभीको सेवन अवश्य गर्नुपर्दछ ।

फूलगोभीमा भिटामिन सि प्रशस्त पाइने भएकाले कोरोनाको सक्रमणबाट समेत यसले रोक्न सक्छ भनेको छ । प्रकृतिको नियम मुताबीक हामीले मौसम अनुसारका तरकारी फलफूल सेवन गर्ने बानी बसाल्नु उपयुक्त हुनेछ । हाम्रा नेपाली दाजुभाईहरू हरेक वस्तुको स्रोत खोज्ने चलन छ तर स्रोत खोज्दा खोज्दै समय बिति सकेको हुन्छ ।

हामीले हाम्रो करेसा बारिमा सागसब्जी, फलफूल लगाएर सेवन गर्न सके स्वास्थ्य सवल हुने थियो तर विषादी मिलाईएको तरकारी खान हामी बाध्य भएका छौ । स्वास्थ्य खराब हुनु भनेकै लापरबाही हो भन्दा फरक छैन । हामीले खाने तरकारी बारे राम्रो जानकारी हुन सके स्वास्थ्यमा राम्रो सुधार हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !