१२ बैशाख २०८१, बुधबार

महिला र गाजरको प्रयोग एक अनुभव


महिला र गाजर
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजरको विउको प्रयोगले महिलाको महिनावारीको समस्या भएमा यसको प्रयोगले राम्रो फाइदा हुने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरेको छ । हरेक महिलामा हुने यो समस्या भान्साबाटै समाधान हुन सक्ने देखिन्छ । यस्ता रोगको उपचारमा हामीले लाखौं रुपैयाँ खर्च गर्दागर्दै पनि निको नभएका घटना सुन्नमा पाइन्छ ।

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भएको हुन सक्छ ।

महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ ।

विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ ।

अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ। आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ। पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ ।

पोलिसिस्टिक भएका महिलाका थुप्रै अण्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुने गर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ । आज मैले गाजरको प्रयोग बाट यस्तो समस्या हल हुन सक्ने फार्मुला पाठक सामु पस्कन गइरहेको छु ।

१. गाजरको बीउ १० ग्राम जति ल्याउनुहोस् र त्यसमा २० ग्राम जति भेलीमा आधा लिटर जति पानी राखेर पकाउनुहोस् । पाक्दा पाक्दा आधा भएपछि उतारनुहोस् र खान दिनुहोस् या खानुहोस् । यसको प्रयोगले बन्द महिना वारी खुल्दछ । गर्भवतीले भने यो औषधि सेवन नगर्नुहोस् अन्यथा गर्भपतन हुन सक्छ ।

२. गुड नपाएको अवस्थामा गाजरको बीउ १०,१५ ग्राम जति गाजरको बीउलाई १०० एम.एल जति पानीमा पकाउनुहोस् र आधा बाँकी भएपछि उतारेर सितल भएपछि खान दिनुहोस् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !