६ बैशाख २०८१, बिहिबार

कांग्रेस र लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने


असोज ३०, काठमाडौँ । नेपाली कांग्रेसनेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ ।दुई दलबीच आइतबार नै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आजका लागि सारिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने एकता घोषणा कार्यक्रमपछि नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित हुने छ ।

पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !