४ बैशाख २०८१, मंगलबार

भूकम्पपीडितलाई निर्ब्याजी ऋण दिने मन्त्रिपरिषद्को निर्णय


असोज २३, काठमाडौँ | मन्त्रिपरिषद्को आज(सोमबार)को बैठकले भूकम्पपिडितको घर निर्माणका लागि सामूहिक जमानीमा ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निब्र्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताउनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !