७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति म्यानमारबाट सिधै जापान जाने, यस्तो छ कार्यतालिका


१ कत्तिक, काठमाडौं । म्यानमारको भ्रमणमा हरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनु हुनेछ
भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !