७ बैशाख २०८१, शुक्रबार

उपसभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने नेकपाको तयारी


शिवमाया तुम्बाहाम्फे

२९ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा गत १९ गते कृष्णबहादुर महरा पक्राउ परेपछि सभामुख पद रिक्त भएको छ । उक्त पदको लागि भने नेकपाले नछोड्ने निर्णय गरेका छन् । नेकपाले नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर नयाँ सभामुख आफ्नै दलको राख्ने तयारी गरेको छ ।

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको थियो । स्रोतका अनुसार छलफलपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने निचोड निस्किएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !