४ बैशाख २०८१, मंगलबार

शेरबहादुर तामाङ : अधिवक्तादेखि  कानुन मन्त्रीसम्मको यात्रा


शेर बहादुर तामाङ

पृष्ठभूमि र जन्म

वि.सं २०२५ सालमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका शेरबहादुर तामाङले वर्तमान सरकारमा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ मानवशास्त्रमा पीएचडी गरिरहेका र बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् ।

नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले उनी परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भनेर मानवशास्त्रीय आँखाबाट पीएचडी गर्दैछन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ ०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । २०३६ सालमा सरस्वती मावि ग्याल्थुनमा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका तामाङले ०७० र ०७४ मा भएको दुबै चुनावमा पशुपतिशमशेरलाई पराजित गरे ।

यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ९८ मतले पराजित भएका थिए । अशोक राईहरुसँगै वीरबहादुर लामा पनि पार्टी छाडेर हिँडेपछि तामाङ समुदायबाट एमालेले उनलाई अघि बढाउँदै वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको थियो । नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए ।

शेरबहादुर तामाङ र उषाकला राई दम्पत्ति नै पूर्णकालीन राजनीतिमा छन् । उषाकला प्रदेश १ को प्रदेशसभा सदस्य छिन् ।

शिक्षा

नेपाल ल क्याम्पसबाट एलएलबी गरेका मन्त्री तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले उनी परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भनेर मानवशास्त्रीय आँखाबाट पीएचडी गर्दैछन् ।

राजनीति यात्रा

वि.सं. २०३६ सालमा सरस्वती मावि ग्याल्थुनमा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका तामाङ २०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग ग्रुप, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुँदै २०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा एमाले जिल्ला सचिव भएका थिए ।

२०५९ सालमा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ  एमालेको केन्द्रीय सदस्य समेत हुन् । २०६४ र २०७० मा संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोकको तत्कालीन क्षेत्र नं ३ बाट एमालेका उम्मेद्वार थिए भने मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडाहरु समेतको मिलाएर बनेको सिन्धुपाल्चोक-२ बाट बाम गठबन्धनका उम्मेद्वार बनेका थिए ।

उनले बाबुसाहेबलाई २०७० र २०७४ मा गरी दुईपटक हार चखाएका थिए । पहिलोचोटि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका तामाङको काँधमा गम्भीर जिम्मेवारी छ । नयाँ संरचनाका कानूनहरु बनाउनुपर्ने जिम्मेवारी एकातिर छ भने न्यायालयमा देखिएको विवाद र न्यायपरिषदको स्वच्छतामा पनि उनले सहजीकरणको भूमिका खेल्नुपर्ने हुन्छ ।

नेपालको इतिहासमै कहिल्यै नदेखिएको न्यायाधीश क्षेत्रको विकृतिबाट उनले देशलाई मुक्त गराउन सके भने तामाङको कार्यकाल सफल ठहरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !