७ बैशाख २०८१, शुक्रबार

को हुन् श्रम मन्त्री गोकर्ण बिष्ट ?


Gokarna Bista

पृष्ठभूमि र जन्म

वर्तमान सरकारका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री,  नेपाली राजनीतिमा लोकप्रिय र सफल युवा नेता हुन् गोकर्ण बिष्ट । बुवा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोखबाट बिस ०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली गाविस ३ मा जन्मिएका हुन् गोकर्ण बिष्ट ।

विष्टले ०३५ बाट अखिलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी ०४० मा लोकसेवामार्फत नाम निकालेका विष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दवाङसँग जागिरको पहिलो दिनमै विवाद परेपछि जागिर छाडेर राजनीतिमा सक्रिय भएका थिए । मध्यम परिवारमा जन्मीएका बिष्टले ०६८ सालमा नेपाल सरकारको उर्जा मन्त्री भएपछि गरेका कामले देश र जनताको शिर उच्च भएको भन्दै उनको निकै प्रशंसा भएको थियो ।

समाजमा इमान्दार छवीको खोजी भई रहेको समयमा उर्जा मन्त्री बिष्टको काम साच्चिकै प्रशांसयोग्य भए । उनले गरेका कामले सकरात्म सन्देश दिनुका साथै सर्बसाधरणको आसा जगायो । हाल श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी समाल्नु भएका बिष्टको यो कार्यकाल चुनौतीपूर्ण रहेको छ ।

 

शिक्षा

उनले ब्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

०७१ मा उनी पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । उनी ०५६ र ०७० सालमा तत्कालीन गुल्मी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी ०६८ मा ऊर्जामन्त्री बनेका थिए ।

राजनीतिक यात्रा

विष्टले ०३५ बाट अखिलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । बिसं ०४३ सालमा पार्टी सदस्य लिएका बिष्ट अनेरास्वबियूको कठमाडौ र वागमती अञ्चल अध्यक्ष ,केन्दिय समितीमा संगठन बिभाग,शैक्षिक बिभाग,रचनात्मक बिभाग,प्रचार प्रसार बिभाग प्रमुख भएर काम गरेका थिए ।

बिद्यार्थी पछि उनी ०५० सालमा तत्कालिन प्रजान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपाल को केन्द्रिय कमिटीमा रहेर काम गरेका थिए । ०५३ सालमा प्रायुसंघको महासचिव बनेका बिष्ट ०५७ साल देखि दुइ कार्यकाल त्यसको अध्यक्ष हुनु भएको थियो । हाल नेकपा एमालेको केन्द्रिय सदस्य रहेका बिष्ट पार्टीको बुद्धिजिवी परिषको इन्चार्ज रहेका थिए । बिष्टले पार्टीको स्थानिय बिभाग,बिद्यार्थी र युवा फाटको इन्चार्ज भएर काम गरेका छन् ।

उनी एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्षसमेत भएका थिए । उनले पार्टीको स्थानीय विभाग, विद्यार्थी र युवा फाँटको इन्चार्ज भएर काम गरेका छन् ।

०७१ सालमा उनी पुनः पार्टीको केन्द्रिय सचिव पदमा चयन भए । उनी नेपालमा चलेको देशको परिर्वतनका मुख्य आन्दोलनमा सहभागी अगुवाई समेत गरेका थिए । आन्दोलनमा सहभागी हुँदा उनी प्रहरीको धरपकड लगायत नियन्त्रणमा समेत परेका थिए ।

०५६ सालमा गुल्मी क्षेत्र नं.३ बाट सांसद भएका थिए । ०६४ सालमा सम्पन्न पहिलो संबिधान सभा निर्वाचनमा भने माओवादीसँग पराजित भएका थिए । बिष्ट ०६८ सालमा  झलनाथ खनालको नेतृत्वमा भएको सरकारमा उर्जा मन्त्री बनेका थिए । आफनो क्षेत्रमा लोकप्रीय बिष्ट लोडसेडिङ्ग घटाएर चर्चित उर्जा मन्त्रीको रुपमा परिचित भएका थिए ।

सरल र मिजासिलो ब्यवहारका धनी बिष्ट ब्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातक गरेका छन् । ०७० सालको दोस्रो संबिधान सभा निर्वाचनमा नेकपा एमाले गुल्मी क्षेत्र नं.३ बाट बिजयी भएका थिए ।

२०७४ सालमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं २ बाट विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !