८ बैशाख २०८१, शनिबार

खाली पेटमा कागती पानीमा बिरेनुन राखी पिउनुको फाइदाहरु, यस्तो छ सेवन गर्ने तरिका


Bharat Bhandari
भरत भण्डारी

साधारणतया मानिसहरुमा कुनै न कुनै स्वास्थ्य समस्या हुन्छ । विरामी भएपछी अस्पताल धाउने धेरै हुन्छन् तर विरामी नै हुन नदिने कोशिस कमैले मात्र गर्छन् । औषधी हाम्रै घर-घरमा छ तर त्यसको पहिचान र प्रयोग उचित तवरले नहुनाले हामीलाई बिभिन्न रोग लागिरहेको हुन्छ। बिभिन्न अध्ययन, अनुसन्धान गरी लेखकले आफैँले हासिल गरेका बिहान खालीपेटमा कागती पानीमा बिरेनुन राखी पिउनाका फाइदाहरु यहाँ प्रस्तुत गरिएको छ।

१. पाचन प्रणालीलाइ मज्बुत बनाउँछ
कागती र बिरेनुनको प्रयोग नियमित गर्नाले शरिरमा पाचनको लागी आवश्यक इन्जाइमहरु उत्पादन गर्न सहयोग पुर्याउनुका साथै हाइडोक्लोरिक एसिड उत्पादन गर्न मद्दत गर्दछ। हाइड्रोक्लोरिक एसिडले खाएको खानालाई टुक्र्याउनुको साथै पचाउन मद्दत गर्दछ।

२. रीरमा पानीको मात्रा कायम गर्दछ
कम पानी पिउनेहरुलाई शरीरमा पानीको मात्रा नियमित गराउँदछ । बढी ब्यायाम गर्ने, खेलाडी पसिना बगाउनेहरुका लागी शरीरमा पानीको मात्रा नियमित गराउँदछ।

३. मांसपेसीको दुखाइ कम गर्दछ
शरीरमा सोडियम , पोटासिएम, क्याल्सियम र म्याग्नेसियमले माँसपेसीलाई खुम्च्याउने तथा तन्काँउने गर्दछ । म्याग्नेसियमले टाउको दुखाई कम गर्दछ । सोडियमले पानीको मात्रा नियन्त्रण गर्दछ । यसरी बिरेनुन र कागती पानिको दैनिक सेवनले शरीरमा यी तत्वहरु उत्पादनमा सहयोग गर्दछ ।

४. एड्रीनल र थाइरोइड ग्रन्थीलाई सहयोग गर्छ
यस्ले एड्रीनल ग्रन्थीलाई बलियो बानाउँछ। बिहानपख स्वाभावत: मानिसहरुको ब्लड प्रेसर बढ्न खोज्छ। बिरेनुन पानीले मर्निङ्ग ब्लड प्रेसर कम गर्न मद्दत गर्दछ। बिहान खाली पेटमा मनतातो पानीमा बिरेनुन र कागतीको रस मिसाएर पिउनाले थाईरोइडको समस्यालाइ कम गर्छ।

५. शक्ती दिन्छ
बिहान पख मानिसहरुको शरिर आलस्य एवं अल्छी हुन्छ। यो माइक्रो न्युट्रीयन्टस्को कमिले गर्दा हो । कागती पानी र बिरेनुनले माइक्रो न्युट्रीयन्टको सलिड बेसलाइन बनाउन मद्दत गर्दछ । जसले गर्दा दिनभर शक्ती प्राप्त गर्न मद्दत गर्दछ ।

६. मिठो निन्द्रा दिलाउँछ
यसले म्याग्नेसियम र क्याल्सियम उपलब्ध गराउँछ जसले गर्दा मानिसहरुलाई मिठो निन्द्रा दिलाउँछ ।

७. कोल्सटोरल घटाउँछ
८. दाँत बलियो बनाउँछ र दाँत चम्किलो बनाउँन मद्दत गर्दछ ।
९. छालालाई चिल्लो तथा मुलायम बनाउँछ, राम्रो बनाउनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

१०. तौल घटाउन मद्दत गर्दछ
यसले पाचन प्रणालीलाई मजबुत बनाउने भएकोले अनडाइजेस्ट तथा फ्याट जस्ता समस्यालाई कम गराउँछ ।
११. सेक्सुयल पाओर बढाउँछ
यसको नियमित सेवनले महिला तथा पुरुषमा यौन शक्ती बढाउँछ ।
१२. रुघा खोकी बाट बचाउँछ
कागतीमा भिटामिन सी पाइने भएकोले यसले एन्टीकोल्डनेसको काम गर्दछ।

१३. इम्युनिटी पाओर बढाउँछ
यसको नियमित सेवनले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ र निरोगी हुन मद्दत गर्नुको साथै लामो समयसम्म शरीरलाई शक्ती प्रदान गर्दछ ।

१४. रगतमा सुगरलाइ नियन्त्रण गर्दछ
कागतीमा फाइबर र एसिडिटी पाइने हुनाले यसले रगतलाई सफा बनाउनुका साथै रगतमा चिनीको मात्रा घाटाउछ ।

१५. एसिडिटी घटाउछ
कागती अमिलो भएपनि अल्कालाइन गुण हुन्छ जस्ले गर्दा एसिडिटी घटाउन मद्दत गर्दछ ।

प्रयोग गर्ने तरिकाहरु:
– एक गिलास पानी उमाल्ने
– मनतातो हुने गरी सेलाउन दिने
– आधीचम्चा बिरेनुन राखी बिस्तारै चलाउने
– काटेको आधी कागती निचोरेर हाल्ने र राम्रो गरी चलाउने । उक्त पानी बिहान खाली पेटमा खाने र उक्त पानी खाएको आधीघण्टापछि हल्का नास्ता गर्ने ।
यस्तो पानीको प्रयोग कम्तिमा ३ महिना लगातार गरेपछी मात्र यस्को सबै नतिजा हाँसिल गर्न सकिन्छ भने पेट सम्बन्धी समस्या छिटै हल हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !