८ बैशाख २०८१, शनिबार

घरमा सुख शान्ति ल्याउनका लागि अपनाउनुपर्ने उपायहरु


घर

वास्तशास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ ।

वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । घरमा राखिएका सबै सामाग्रीहरुले सकरात्मक तथा नकरात्मक उर्जा प्रदान गरिरहेका हुन्छन् । तर केही कुराहरुमा ध्यान पुर्याउने हो भने घरका सबै चिजहरुबाट सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसो हुन सकेमा घरमा सुख शान्ति हुनुका साथै धनको बचत तथा परिवारको सम्बृद्धी हुने निश्चित छ ।

१. घरको छतमा ट्याङ्की सबैले राखेका हुन्छन् तर कतिपयलाई थाहा नहुन सक्छ कुन ठाँउमा अथवा कस्तो दिशामा राख्दा ठिक हुन्छ त त्यो जान्नु जरुरी हुन्छ । वास्तुशास्त्रको मान्यता अनुसार पानीको ट्याङ्की छतको दक्षिण-पश्चिममा हुनु अत्यन्तै शुभ मानिएको छ । अन्यथा अरु दिशामा पानीको ट्याङ्की राख्दा अशुभ हुने मान्यता राखिएको छ ।

२. उत्तर दक्षिण दिशा घरको स्वामी मानिने भएकाले बिशेषगरी घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको नकारात्मक प्रभाव प्रभाव कम भई घरमा सुख शान्ति हुने वास्तुशास्त्रको मान्यता छ ।

३. कतै सुन्नुभएको पनि छ होला कस्तो आगो पानी झैँ ? यसको अर्थ आगो र पानी कुनै पनि हालतमा मिल्न सक्दैनन् । यसैले घरको भान्सामा आगो र पानीको दूरी बढाएमा यसको सकारात्मक प्रभावले घरमा सकारात्मक उर्जा प्रवाह हुने बिश्वास रहीआएको छ ।

४. घरमा सरसफाईका क्रममा पानीमा नुन मिसाएर गर्नु राम्रो मानिन्छ । यसो गर्नाले सकारात्मक उर्जा प्राप्त हुने बिश्वास रही आएको छ ।

५. घरको दक्षिण पश्चिम दिशामा घरका सदस्यहरुको तस्बीर राख्दा सदस्यहरु बिच प्रेम बढ्ने बिश्वास रहीआएको छ । यो दिशामा घरका सबै परिवारको फोटो राख्नु उचित हुन्छ ।

६. घरमा कोठाको ढोकातिर खुट्टा पारेर सुत्नु बास्तुशास्त्रको नियम बिपरीत मानिन्छ । यसो गर्नाले अशुभ हुने आस्था रहेको छ ।

७. घरमा फोहोर तथा जुठा भाडा रहेमा अशुभ हुने शास्त्रमा उल्लेख गरेको पाईन्छ । यसले नकारात्मक उर्जा पैदा गर्नुका साथै अशान्ती र धनहानी हुने सम्भावना बढ्न सक्छ ।

८. घरमा रहेको भगवानको पूजा गर्ने स्थान तथा मुर्तिरुमा दैनिक रुपमा पूजाआजा गर्नाले सम्पूर्ण वास्तु दोष मेटिनुका साथै सकारात्मक उर्जा पैदा गर्ने बिश्वास रहि आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !