७ बैशाख २०८१, शुक्रबार

यस्तो छ बिहिबार व्रतविधि


बिहिबार

यस्तो छ बिहिबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । बिहिबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । वैवाहिक सुख प्रप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ ।

यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !