७ बैशाख २०८१, शुक्रबार

वृश्चिक राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

वृश्चिक राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

वृश्चिक राशि : तो ना नी नू नो या यी यू

स्वामी : मंगल

शुभ, अशुभ

शुभ अंक : ९

शुभबार : आइतबार, सोमबार, मंगलबार र बिहीबार

घातबार : शुक्रबार

शत्रु राशि : मिथुन

शुभ कलर : रातो

शुभ रत्न : मुगा, माणिक्य र पुष्पराज

पेशा वा व्यवसाय

दर्शनशास्त्र, मनोचिकित्सक, कुटनीतिज्ञ, बाणिज्य, वैदेशिक यात्रा, राजनीति र सरकारी जागिर गर्दा फाइदा हुन्छ ।

रुचि, स्वभाव र बानी

१. वृश्चिक राशि वा लग्नका व्यक्तिको राम्रो नेतृत्व गर्ने शक्ति भएको हुनाले साह्रै उत्साही र पराक्रमी हुने गर्छ । प्राय: शान्त स्वभावको पनि हुने गर्दछ । आफ्नो विचार भन्दा भिन्न मत वा कुरा सुन्ने बित्तिकै रिसाउने र जिद्धि गर्ने स्वभाव यस राशिको विशेषता हो ।

२. यस राशिका मानिसलाई अमिलो, पिरो, चटपटे नखादा उपयुक्त हुन्छ ।

३. यस राशिका केटालाई कालो रंग प्यारो लाग्दछ ।

भाग्य तथा भविष्य

१. वृश्चिक राशिका भएका महानुभावहरुलाई व्यापार व्यवसाय गर्दा उत्तर दिशा जादा सफल हुनेछ तर राशि स्वामी (मंगल) को हिसाबले दक्षिण दिशा उत्तम हुनेछ ।

२. वृश्चिक राशि हुनेले इष्टदेवता मान्दा गणेश, दुर्गा र हनुमानको उपासना गर्नु राम्रो हुनेछ ।

३. पूर्णिमाको पूर्ण चन्द्रमा हेर्दा राम्रो र त्यसपछि आफ्नो बाबु र छोरालाई हेर्दा राम्रो हुन्छ ।

४. विदेश यात्रा गरेमा फाइदा हुने देखिन्छ ।

५. वृश्चिक राशिकी केटिले शुक्रबार सन्तोषि माताको ब्रत बसेमा पुत्र लाभ छिटो हुने हुन्छ । ३२ वर्षपछि जीवनको सफलता मिल्नेछ ।

६. यस राशिको स्वामी मंगलको शुभ महिना मंसिर हुन्छ र चन्द्रमा निचका हुन्छन् । वृश्चिक राशिका कुनै पनि ग्रह उच्चका हुदैनन् । कुनै ग्रह मूल त्रिकोणमा बसेका हुँदैनन् ।

७. यदि रातो रुमाल बोकेमा शुभ हुन्छ ।

मित्रता र बिबाह

१. मित्रता र बिबाह गर्दा मेष, वृष, कर्कट, सिंह, कन्या, धनु, मकर वा मिन राशिसँग अगाडि बढाएमा राम्रो हुनेछ ।

२. बृश्चिक राशि भएका पुरुषहरुको बानी आफ्नो घरपरिवारमा माया नगर्ने परस्त्रि भए पुग्ने जस्तो हुन्छ ।

३. वृश्चिक राशिका स्त्रिले बिबाह र मित्रता गर्दा वृष र सिंह राशिका व्यक्ति सँग बैबाहिक राम्रो हुनेछ ।

४. वृश्चिक राशिको मिथुन राशि शत्रु राशि हुने भएकाले वृश्चिक राशिले मिथुन राशिसँग बिबाह र शुभ कार्य गर्नुहुदैन ।

स्वास्थ्य

१. वृश्चिक राशिका जातकलाई लाग्ने रोगहरु जस्तै ब्लडपेसर, गर्मी, बाबाशिर र महिलाहरुलाई महिनावारीमा बढि समस्या हुने गर्दछ । महिलाहरुले महिनावारी हुनुभन्दा तीनभन्दा अगिदेखि मिन्स हुने दिनसम्म दिनको एक कप दहि खाएमा महिनावारी पिडा ठिक हुन्छ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !