१३ बैशाख २०८१, बिहिबार

सोमबार भगबान शिवको ब्रत बस्नुका कारणहरु


भगवान् शिव

हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । हिन्दु धर्मालम्वीहरुले आफ्नो भाकल वा प्रतिज्ञा पुरा गर्न उपवास वा व्रत बस्ने गर्दछन् ।

व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन । हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा । यस्तैमा सोमबार भने सामान्यतया” शिवको लागि समर्पित छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे । यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ ।

सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।

यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

यसरी शुरु भयो सोमबार व्रत बस्ने चलन

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन । यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन् । पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन् । लामो प्रतिक्षापछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

यो पनि पढ्नुहोस्

सोमबार के के काम गर्दा सफलता मिल्छ ?

सोमबार जन्मेका मानिसको भविष्य र आचरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !